संशयमा रहेका जनतालाई जवाफ दिन पनि एमसीसी संसदमा टेबुल भएको होः कानुनमन्त्री बडू
काठमाडौं। कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनतालाई यथार्थ जानकारी गराउन संसदमा एमसीसी टेबुल गरेको बताएका छन् ।
अहिले एमसीसीबारे सडकमा र बाहिर व्यापक विरोध भइरहेको तर संसदमा कुनै पनि छलफल र बहस नभएकाले आज संसदमा टेबुल गर्नुपरेको उनले बताए । ‘संशयमा रहेका जनतालाई जवाफ दिन पनि एमसीसी संसदमा टेबुल भएको हो, अब संसदमा छलफल र बहस हुन्छ, । पास वा फेल जे भए पनि संसदमै हुन्छ,’ संसद् भवनबाट बाहिर निस्किने क्रममा सञ्चारकर्मीसँग बडूले भने ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment