एमसीसी : नयाँ राजनीतिक धुव्रीकरणको संकेत, गठबन्धन टुट्ने डर
तस्बिरः प्रदीपराज वन्त\रासस
काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आइतबार सदनमा टेबल भएसँगै नेपालको राजनीतिक दिशानिर्देश एमसीसीले तय गर्ने देखिएको छ। एमसीसीको बिषयमा सत्तारुढ गठबन्धनबीच मतैक्यता देखिएको छैन।
सत्ता गठबन्धन टुट्ने र नयाँ राजनैतिक ध्रुवीकरण हुने संकेत देखिएको टिप्प्णी हुन थालेको छ। अबको राजनैतिक ध्रुवीकरण एमसीसीकै कारणले हुने पक्का छ।
सत्तारुढ पार्टी भित्रै मतभेद
एमसीसीलाई लिएर सत्तारुढ गठबन्धन भित्रै ब्यापक असन्तुष्टीका स्वरहरु सुनिन थालेका छन। यद्यपी सरकारले गठबन्धनको निर्णय अनुसार नै संसदमा एमसीसी पेश गरेको हो। आइतबार सत्ता गठबन्धनको निर्णय सकिए लगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट सिधै संसद भवन नयाँ बानेश्वर आएर एमसीसी टेबल गर्ने सहमति भएको जानकारी गराएका थिए।
प्रचण्डले उक्त जानकारी गराएपनि सभामुख अग्नि सापकोटा एमसीसी टेबल गर्न सहमत भएका थिए। यसअघि उनी कुनै पनि हालतमा एमसीसी टेबल नगर्ने अडानमा थिए।
एमसीसीकै कारण माओवादीभित्र असन्तुष्टि देखिन थालेको छ भने कतिपयले यसलाई माओवादीको द्वैध चरित्र भनेका छन्। एमसीसी टेबल भएसँगै एकीकृत समाजवादीभित्र पनि विवाद देखिएको छ। विशेष गरी सम्मानित नेता झलनाथ खनालले चर्को असन्तुष्टि जनाएका छन्।
उनले देशी विदेशी शक्तिकेन्द्रका कारण एमसीसी टेवल भएको आरोप समेत लगाएका छन्। उनी एमसीसी कुनै हालतमा पास गर्न नहुने अडानमा छन्। तर उक्त पार्टीकी नेतृ तथा सहरी विकसमन्त्री रामकुमारी झाँक्रीले एमसीसीको सन्दर्भमा आफू प्रधानमन्त्रीसँगै रहेको सार्वजनिक अभिव्यक्ति दिइसकेकी छन्।
शनिबार बसेको उक्त पार्टीको स्थायी कमिटी बैठकले एमसीसी सदनमा टेवल गर्न दिने संस्थागत निर्णय भएको प्रवक्ता जनन्नाथ खतिवडाले जानकारी दिएका थिए। एमसीसीको बिषयले सत्ता गठबन्धन भित्रैका दलहरुमा तिब्र मतभेद कायम रहेको छ।
जसपाभित्र पनि संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई एमसीसीको पक्षमा खुलेर लागेका छन्। अर्का अध्यक्ष उपेन्द्र यादव मौन छन्। गत बुधबारको एमसीसी विरुद्धको आन्दोलनमा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहभागी हुनुलाई समेत माओवादी भित्र पनि एमसीसीलाई लिएर मतभेद रहेको देखिएको छ।
उक्त पार्टीको भातृ संगठनले गरेको आन्दोलनमा अन्य केन्द्रीय नेता सहभागी नहुनु र श्रेष्ठमात्रै सहभागी हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अध्यक्ष प्रचण्डले सार्वजनिक स्थानमा एमसीसी बिरुद्धको नारालाई असहमति जनाएको भिडियो केही समय पहिले सार्वजनिक भइसकेको हो।
एमाले भित्र भिम रावलबाहेक प्राय बहुमत नेताहरु एमसीसीको पक्षमै रहेका छने। कांग्रेसले स्ांस्थागत निर्णयसहित एमसीसीको पक्षमा निर्णय गरिसकेको छ।
कांग्रेस बाहेकका अधिकांश दलहरुमा एमसीसीलाई लिएर ब्यापक असहमति देखिन्छ।
पार्टी बिभाजनको संकेत
एमसीसीलाई लिएर कतिपय पार्टीहरु बिभाजित बन्ने स्थितिसमेत देखिएको छ। जसपा भित्रको आन्तरिक बिबादको एक कारण पनि एमसीसी नै रहेको स्वयम अध्यक्ष वाबुराम भट्रटराईले सार्वजनिक गरिसकेका छन्। जसपाको आन्तरिक बिबाद उत्कर्समा पुगेको छ। कांग्रेस बाहेकका सबै दलहरुमा एमसीसीले तरंग ल्याएको छ। एमालेमा भिम रावलले एमाले बिरुद्ध बिद्रोह गरी एमसीससीको बिपक्षमा उभिन अपिल समेत गरेका छन्।
गठबन्धन टुट्ने डर
स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुले निर्वाचन केन्द्रित गतिबिधि सुरु गरिसकेका छन्। निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने कसरत सुरु भइसकेको छ। मिलेर निर्वाचनमा जाँदा जित सुनिश्चित हुने भन्दै गठबन्धन नटुटोस् भन्नेमा माओवादी र समाजवादीको अपेक्षा छ।
एकातिर एमसीसीको विवाद र अर्कोतिर गठबन्धन टुट्ने भयले माओवादी र एकीकृत समाजवादी त्रसित छन्। कांग्रेस र एमाले मिल्ने भयले समेत गठबन्धनमा आबद्ध दलहरु सशंकित छन्।
पछिल्लो समय एमसीसीकै कारण नेपालको राजनीति ध्रवीकरणसमेत भएको छ। एमसीसीकै कारण छिमेकी मुलुक चीनले अमेरिकालाई धम्कीपूर्ण चेतावनी दिनु र अमेरिकाले पारित गर्न दबाब दिनुले नेपाल भूराजनीति चपेटामा परेको माओवादी केन्द्रका नेता राम कार्की बताउँछन्।
उनले एमसीसीकै कारण नेपालमा नयाँ राजनैतिक धुव्रीकरणको दिशामा अगाडि बढेको बताए। ‘नेपाल भूराजनीतिको चपेटामा परिसक्यो, अब त्यहाबाँट उम्कने प्रयत्न गर्ने हो’, उनले डिसी नेपालसँग भने, ‘सबै दलको संयुक्त प्रयासबाट नै यो सम्भब छ,असंलग्न परराष्ट्र नीतिसँग बाँझिने कुनै सन्धी नगर्ने गरी अब सदनबाटै संकल्प प्रस्ताव पारित गर्नुपर्छ।’
एमसीसीकै कारणले दलमा बिभाजन आउने सम्भावना कति छ ? भन्ने प्रश्नमा कार्कीले अमेरिका जहाँ पस्यो त्यहाँ बिभाजनमात्रै ल्याउने भएकाले निकट समयमै नेपालका राजनैतिक दलदेखि अन्य समुदायमा बिभाजन आए त्यसलाई एमसीसीकै उपज मान्नुपर्ने बताउँछन्।







डिसी नेपाल







Facebook Comment