आइतबार रणमैदान बनेको नयाँ बानेश्वर आज शान्त (फाेटाेफिचर)
काठमाडौं। आइतबार मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी अनुदान सम्झौता प्रतिनिधिसभामा पेश भएसँगै सडकमा प्रहरी र आन्दोलनकारी बीच दिनभर तनाबपूर्ण बन्यो।
प्रहरी र आन्दोलनकारी बीच झडप हुँदा दर्जनौँ प्रहरी र आन्दोलनकारी घाइतेसमेत भएका थिए। तर आज सोमबार भने नयाँवानेश्वर परिसर सामान्य बनेको छ। अन्य सामान्य दिन झै सुनसान र सहजरुपमा सडकमा सवारी साधनको आवतजावत बाक्लो रुपमा चलिरहेको छ।
एमसीसी संसदमा दर्ता भएपनि सत्तारुढ गठबन्धनमा सहभागी दलहरूबीच पारित गर्ने सहमति भने नजुटिसकेकोको कारण बिहीवार बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा यो प्रक्रिया अगाडि बढ्ने नबढ्नेमा अझै अन्यौल कायमै रहेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment