राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजाराम बर्ताैलाको राजीनामा

डिसी नेपाल
९ फागुन २०७८ १४:२९
148
Shares

काठमाडौं। राजाराम बर्ताैलाले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि थापा उपप्रधानमन्त्री रहँदासमेत स्वकीय सचिव रहेका बर्ताैलाले पनि राप्रपा छाडेका हुन्।

पार्टीको महाधिवेशनपश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रममा भएको निर्मल निवासको हस्तक्षेप बारे छानबिन नगरेको, पार्टीभित्र सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै उनले पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजिनामा दिएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.