जनप्रतिनिधिले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

डिसी नेपाल
१० फागुन २०७८ १६:४७
24
Shares

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिलाई अनुरोध गरेका छन् ।
सङ्घीय संसद्को संयोजन, विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम, सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रियामा उहाँले जनतालाई सही सूचना दिनेबारे जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएका हुन्।

अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ सङ्क्रमणका विभिन्न भेरियन्ट देखिने क्रम नरोकिएकाले जनप्रतिनिधि तथा राजनीतिकर्मीले त्यसबारे जानकारी राख्नुपर्ने बताउँदै आफ्ना मतदातालाई स्वास्थ्य आचारसंहिता परिपालना र कोभिडविरुद्धको खोप लगाउन प्रेरित गर्न आग्रह गरे ।

आफ्ना मतदाता र जनतालाई कोभिड–१९ जोखिम र यसको नियन्त्रणमा व्यक्तिको भूमिकाबारे सचेतना फैलाउने जिम्मेवारी जनप्रतिनिधिको भएको उँनले बताए । अध्यक्ष तिमिल्सिनाले पहिलो चरणमा आफ्नो घर रहेको स्थानीय तहलाई कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउनसमेत सबैमा आग्रह गरे । “कोभिड महामारीले हामीलाई अवसर पनि उपलब्ध भएको र यसका कारणले केन्द्रदेखि स्थानीय तहसम्मको स्वास्थ्य संरचनामा सुधार, जनशक्तिको क्षमता अभिवृद्धि र राज्यको प्राथमिकतामा स्वास्थ्य क्षेत्र परेको छ, नेपालमा महामारीले निकै सङ्कटको अवस्था सिर्जना ग¥यो, लाखौँको सङ्ख्यामा सङ्क्रमित भयौँ र हजारौँको ज्यान गयो,” उहाँले भन्नुभयो, “महामारीले ल्याएको सङ्कटसँगै स्वास्थ्य क्षेत्रको क्षमता र तयारीमा सुधार आएको छ, यो सकारात्मक पक्ष हो ।”

अध्यक्ष तिमिल्सिनाले यस्तै प्रकृतिको कार्यक्रम छिट्टै सातै प्रदेशका प्रदेशसभा सदस्यहरुको उपस्थितिमा क्रमशः आयोजना हुने जानकारी दिए । त्यसैगरी विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा संमाजीराव पाण्डवले कोरोना जस्ता महामारीले ल्याउने आपत्कालीन अवस्थाबाट कसरी सुरक्षित हुने र कोरोना खोपको आवश्यकताबारे जनतामा सचेतना फैलाउन नेपालका जनप्रतिनिधिले खेलेको भूमिकाको चर्चा गरे ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले जनप्रतिनिधि जनताका लागि उदारणीय पात्र हुने भएकाले जनचेतना फैलाउन सांसदहरूलाई अनुरोध गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.