एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

डिसी नेपाल
१० फागुन २०७८ २१:१४
832
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच आज भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा आज पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली र राजदूत बेरीबीच भेटवार्ता भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

संसद्मा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबुल भएको र अब बस्ने संसद् बैठकमा छलफल हुने भएपछि यसबारेमा छलफल भएको बताइएको छ ।

अध्यक्ष ओली र राजदूत बेरीबीच भेटवार्तापछि बालुवाटार गएका ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.