हराएको मतदाता परिचयपत्रको सिफारिशमा शुल्क नलिन निर्वाचन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले हराएको वा नष्ट भएको मतदाता परिचय पत्र बनाउनका लागि सिफारिश दिँदाशुल्क नलिन स्थानीय तहलाई निर्देशन दिएको छ ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै हराएका वा नष्ट भएका मतदाता परिचय पुनः बनाउने प्रयोजनका लागि नि:शुल्क सिफारिश गर्न परिपत्र गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
वडा कार्यालयको सिफारिश सहित सम्बन्धित मतदाता स्वयम् उपस्थित भइ निवेदन दिएमा वा वडा कार्यालयको सिफारिश सहित इमेल वा फ्याक्स वा अन्य विधि मार्फत समेत प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा निवेदन पठाएमा त्यसरी आएको निवेदन समेत दर्ता गरी प्रक्रिया अगाडि बढाउन समेत आयोगले निर्देशन दिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment