एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री देउवा सक्रिय, प्रचण्ड भेट्न खुमलटारमा
काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गर्न सक्रिय भएका प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन्।
माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री देउवा प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्। अहिले प्रधानमन्त्री देउवा र प्रचण्डबीच एमसीसीकै विषयमा छलफल भइरहेको छ।
गठबन्धनमा सहभागी दलहरुले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेसँगै अप्ठेरोमा परेका प्रधानमन्त्री देउवाले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा झण्डै दुई घण्टा छलफल गरेका थिए।
उक्त भेटमा प्रधानमन्त्री देउवाले ओलीलाई एमसीसी पारित गर्न आग्रह गरेका थिए। जवाफमा ओलीले आफूहरुको माग सम्वोधन नभएसम्म एमसीसीको पक्षमा मतदान गर्न नसकिने जवाफ दिएका थिए। एमालेले आफूहरुले कारवाही गरेका १४ जना सांसदलाई सभामुखले जोखाएको भन्दै उनीहरुलाई कारवाही गरेको सूचना टाँस्नु पर्ने बताउँदै लगायतार संसद् अवरोध गर्दै आएको छ।
आइतबार संसदमा टेबल भएको एमसीसीमाथि बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा छलफल हुने छ। त्यसअघि नै एमसीसीका विषयमा सहमति जुटाउन प्रधानमन्त्री देउवा सक्रिय भएका हुन्।







डिसी नेपाल







Facebook Comment