रुसविरुद्ध पचास देशले संयुक्त विज्ञप्ति जारी गरे, भने-रुसले राष्ट्रसंघमा शक्तिको दुरपयोग गर्‍याे

डिसी नेपाल
१४ फागुन २०७८ ८:२९
9.1k
Shares

न्युयोर्क। संयुक्त राष्ट्रसंघका १९३ सदस्यमध्ये ५० राष्ट्रले संयुक्त विज्ञप्ति जारी गरी रुसमाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन्। शुक्रबार राष्ट्रसंघको सुरक्षा परिषदमा रुसले भिटो प्रयोग गरी शक्तिको दुरुपयोग गरेको आरोप अमेरिका लगायतका ५० राष्ट्रले लगाएका हुन्।

शुक्रबार राति पश्चिमी देशले सुरक्षा परिषद्मा युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध निन्दा प्रस्ताव लगेका थिए। प्रस्तावको पक्षमा ११ देशले मतदान गरेका थिए भने चीन, भारत र युनाइटेड अरब इमिरेट्स (युएई) तटस्थ बसेका थिए। त्यसपछि रुसले उक्त प्रस्तावमाथि भिटो प्रयोग गरेको थियो।

राष्ट्रसंघका ५ स्थायी सदस्य रुस, अमेरिका, चीन, फ्रान्स र बेलायतलाई भिटो प्रयोग गर्न पाउने अधिकार रहेको छ। रुसले भिटो प्रयोग गरेपछि अब उक्त निन्दा प्रस्ताव अघि बढ्ने छैन।

रुसले भिटो प्रयोग गरेपछि ५० देशले संयुक्त विज्ञप्ति जारी गरी रुसले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन्। विज्ञप्ति राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले पढेर सुनाएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *