सस मत्व हस्पिटालिटी र प्रभु बैंकबीच विशेष छुटसम्बन्धी सम्झौता

डिसी नेपाल
२९ साउन २०८३ १३:१५

कीर्तिपुर। कीर्तिपुर नगरपालिका वडा नं. ३ सागलस्थित ‘सस मत्व हस्पिटालिटी प्राइभेट लिमिटेड’ र प्रभु बैंक लिमिटेडबीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ

साउन २८ गते (२०८३-०४-२८) आयोजित कार्यक्रममा बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन र कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन तथा सस मत्वका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र प्रबन्ध सञ्चालक सुशान्त महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरी एक-अर्कालाई हस्तान्तरण गरेका हुन्

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कर्मचारी तथा वैध परिचयपत्र वाहकहरूले सस मत्व हस्पिटालिटीमा खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्नेछन्। यो सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य विद्युतीय भुक्तानी प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्नेछ

‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आएको प्रभु बैंकले हाल देशभर रहेका ३०० शाखा कार्यालय, २६५ एटिएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रवाह गरिरहेको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *