युक्रेनको किभमा सर्वसाधारण बस्ने अपार्टमेन्ट बिल्डिङमा मिसाइल खस्यो

डिसी नेपाल
१४ फागुन २०७८ १४:१८
600
Shares

काठमाडौं। युक्रेनको राजधानी किभको दक्षिण पश्चिममा शनिबार बिहान दुई मिसाइल आक्रमण भएको खबर छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अहिलेसम्म यी मिसाइलको निशाना के थियो भन्ने स्पष्ट छैन ।

किभको स्थानीय सरकारका अनुसार एउटा मिसाइल मानिसहरु बस्ने अपाटृमेन्ट बिल्डिङमा खसेको छ । रोयटर्सका अनुसार अर्को मिसाइल राजधानीको जुलियानी विमानस्थल नजिकै खसेको छ । यो रिपोर्टको सम्बन्ध युक्रेनमा सामाजिक संजालमा भाइरल भइरहेको एक तस्वीरसँग हुन सक्ने बताइएको छ जुन तस्वीरमा किभमा एक आवासीय बिल्डिङ एक तिरबाट ध्वस्त देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *