युद्धमा अमेरिकाले कुनै पनि किसिमको हस्तक्षेप गरे पुटिनले परमाणु हतियार प्रयोग गर्ने

डिसी नेपाल
१४ फागुन २०७८ १६:४५
3.4k
Shares

काठमाडौं। युक्रेनमा आक्रमण सुरु गरेको तेस्रो दिन रुसले ८ सय युक्रेनी सैन्य अड्डा ध्वस्त पारिदिएको दावी गरेको छ । यीमध्ये १४ सैन्य हवाइ क्षेत्र, १९ कमाण्ड पोस्ट, २४ एस–३०० एन्टि एयरक्राफ्ट मिसाइल सिस्टम र ४८ राडार स्टेशन थिए । यसका अलावा युक्रेनी नौसेनाका ८ जहाज पनि ध्वस्त पारिएको छ ।

न्यूयोर्क टाइम्सको पछिल्लो रिपोर्टअनुसार युक्रेनको समुद्री सीमामा रहेको जापानको एक जहाजमा मिसाइल आक्रमण गरिएको छ । जहाजको एक भागमा आगो लागेको छ । यो मिसाइल रुसी सेनाले हानेको विश्वास गरिएको छ । जहाजमा निकै धेरै नोक्सानी भएको छ । यो जहाजलाई टग गरेर मर्मतको लागि टर्की लगिएको छ ।

समाचार एजेन्सी एपीका अनुसार यदि अमेरिका र नेटोले यो युद्धमा सिधै भाग लिए रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियारको प्रयोग गर्न सक्नेछन् । यो दावी एक अधिकारको हवाला दिँदै गरिएको छ । यसअघि किभमा निकै ठूलो आक्रमण गरिएको थियो । यसमा कैयौं आवासीय इलाका क्षतिग्रस्त भएका छन् ।

रुसले मेलिटोपोल सहर कब्जा गरेको छ । युक्रेनले ३५ सय रुसी सैनिक, १०५ ट्यांक, १४ विमान र ८ हेलिकप्टर ध्यस्त पारिदिएको दावी गरेको छ । युक्रेनका राष्ट्रपति भोलोमिर जेलेन्स्कीले आफ्नो दशको लागि सहयोग गर्न बेलायत र अमेरिकासहित कूल २८ देश अगाडि आएको दावी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *