रुसले भन्यो ‘पश्चिमसँग कूटनीतिक सम्बन्ध चाहिँदैन, आफ्ना दूतावास बन्द गर’

डिसी नेपाल
१४ फागुन २०७८ १८:३३
4.4k
Shares

काठमाडौं। रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले आफ्नो देशलाई पश्चिमी देशहरुसँग कूटनैतिक सम्बन्ध कायम राखिराख्ने कुनै आवश्यकता नभएको बताएका छन् । मेदभेदेवको यो प्रतिक्रिया पश्चिमी देशहरुले रुसमाथि प्रतिबन्ध लगाएपछि आएको हो ।

२०२० मा मेदभेदेवलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री पदबाट बर्खास्त गरेका थिए । अहिले मेदभेदेव रुसको सुरक्षा परिषदका उपाध्यक्ष हुन् । मेदभेदेवले युक्रेनमा रुसको आक्रमणको बीचमा रुसी सामाजिक संजाल धिकेमा एक पोस्टमा लेखेमा छन् ‘अब दूतावासहरु बन्द गर्ने समय आएको छ ।’

उनले आफ्नो पोस्टमा रुसले युक्रेनमा गरिरहेको आक्रमण भ्लादिमिर पुटिनको लक्ष्य हासिल नहुँदासम्म जारी रहने बताएका छन् । यद्यपि अहिलेसम्म यो स्पस्ट छैन कि पुटिन के हासिल गर्न चाहन्छन् । मेदभेदेवले आफ्नो पोस्टमा रुसमा मृत्युदण्डको सजायलाई बहाल गर्ने पक्षमा वकालत पनि गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *