युक्रेमाथि रुसी हमला: जर्मनीले युक्रेनलाई हतियार सहायता गर्ने
मस्काे। युक्रेनमाथि रुसले चौथो दिन पनि हमला गरेकाे छ । रुस र युक्रेनबीचको तनाव झनै बिग्रँदै गएको छ। रुसी सेना युक्रेनको राजधानी किभलाइ चारैतिरबाट घेरा हालेकाे छ। बिहीबारदेखि सुरु भएको युद्धमा कम्तीमा २४० जनाको हताहत भएकाे रष्ट्रसंघले अनुमान गरेकाे जनाएको छ। तर, यो संख्या अझै बढी हुन सक्ने अनुमान गरिएको छ।
पूर्वी युक्रेनको दाेनेतस्क क्षेत्रमा ४० भन्दा बढी युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेको विवरणहरु सार्वजनिक भएका छन् ।
चार देशसँग हवाई क्षेत्र बन्द
रुसले लिथुआनिया, लातभिया, इस्टोनिया र स्लोभेनियाका विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।
उता, जर्मनीले युक्रेनलाई एक हजार हतियार, पाँच सय ‘स्टिङगर’, र सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्र उपलब्ध गराउने घोषणा गरेको छ। रुसी ट्यांककाे प्रतिकार गर्न जर्मनीले साे सहयाेग प्रदान गर्ने भएकाे हाे ।
जर्मनीले रुससँगको हवाइ उडान पनि रद्द गर्ने भएको समाचार एजेन्सी एएफपीले जनाएकाे छ
No ads found for this position

डिसी नेपाल
Facebook Comment