युक्रेनले भन्यो ‘हाम्रो देशमा हजारौं रुसीहरुका लाश छन्, रुस लैजाने व्यवस्था गरियोस्’

डिसी नेपाल
१५ फागुन २०७८ १०:३६
33.0k
Shares

काठमाडौं। युक्रेनले अन्तर्राष्ट्रिय रेडक्रसलाई आक्रमणको क्रममा मारिएका हजारौं रुसीहरुको लाश आफ्नो देशबाट हटाउन र रुसीहरुलाई जिम्मा दिन अनुरोध गरेको छ । युक्रेनकी उपप्रधानमन्त्री इरिना वेरेश्चुकले टेलिभिजनमा एक ब्रिफिङको क्रममा भनिन् ‘युक्रेनमा हजारौं आक्रमणकारीहरुका लाशहरु छरिएका छन् । यिनीहरुलाई हटाउनु पर्नेछ । यो मानवीय आवश्यकता हो ।’

उनले भनिन् ‘हामी रेड क्रससँग माग गर्छौं कि रुसी आक्रमणकारीहरुका लाशहरु हटाएर रुसी संघलाई पठाइयोस् ।’ उनले रेडक्रससँग स्पष्ट शब्दमा यो मानवीय समस्या सुल्झाउनको लागि जे गर्न सकिन्छ त्यो गर्न भनेकी छिन् ।’ यसअघि युक्रेनको सेनाले फेसबुकमा एक पोस्ट गर्दै लडाइँमा साढे ३ हजार रुसी सैनिक मारिइसकेको बताएको थियो ।

रुसले अहिलेसम्म आफ्ना कति सैनिक मरे, कति घाइते भए र अरु कति क्षति भयो भन्नेबारे केही पनि जानकारी दिएको छैन । शुक्रबार आइटिभी न्यूजको रिपोर्टमा रुसी स्वास्थ्य मन्त्रालयको दस्तावेजबारे बताइएको थियो । यसका अनुसार रुसले लडाइँमा मेडिकल इमरजेन्सीलाई दृष्टिगत गर्दै पूरै देशका डाक्टरहरुको सूची तयार गर्न निर्देशन दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *