चितुवाको छालासहित तीन पक्राउ

डिसी नेपाल
१५ फागुन २०७८ २३:३६
24
Shares

बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा चितुवाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बैजनाथ गाउँपालिका–५ बाट चितुवाको छालासहित स्थानीय यमबहादुर विश्वकर्मा तथा बर्दियाको मधुवन नगरपालिकाका आकाश परियार र लालबहादुर विकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

उहाँका अनुसार, पैदल हिँडिरहेका उनीहरुलाई शङ्का लागेपछि जाँच गर्दा चितुवाको छाला भेटिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेर थप अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.