समिक्षा अधिकारीको बजाई देउ बोलको गीत सार्वजनिक
काठमाडौं । कुरा काट्ने मान्छेले काटुन बोलको चर्चित गीतका गायक सुभाष पुरीको स्वर रहेको नयाँ गीत बजाई देउको गीतको भिडियो सार्वजनिक भएको छ ।गायक पुरीकै शब्द शृजना रहेको गीतमा गायक पुरीलाई पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन् । बबुल गिरीको संगीत, एरेन्ज र मिक्सिगं मास्टरिगं रहेको गीत अछामका रमणीय स्थानहरुमा छायांकन गरिएको हो ।
जसमा वैँशालु उमेरका एक जोडीले जानेर नजानेर लगाएको प्रेम कहानीलाई देखाइएको छ । भिडियोमा मोडल जेबी चिरन चिरञ्जीबी सापकोटा र अञ्जना राउतको अभिनय रहेको छ । प्रेम र रोमान्सले भरिएको यो रमाइलो प्रेम गाथालाई पछिल्लो समयका चर्चित निर्देशक गौरब गिरीले निर्देशन गरेका हुन् ।सुदूरपश्चिमको रमाइलो प्रेम गाथालाई देखाइएको भिडियाेको छायांकन बसन्त कुँवरले गरेका हुन् भने सम्पादन बलभद्र कुँवरले गरेका हुन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment