युक्रेनले माग गरिरहेको ‘नो-फ्लाइ जोन’ भनेको के हो ?

डिसी नेपाल
२२ फागुन २०७८ १२:२४
2.9k
Shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक पटक फेरि पश्चिमा राष्ट्रलाई युक्रेनमा ‘नो-फ्लाइ जोन’ अर्थात् कुनै पनि उडान गर्न नपाउने क्षेत्र घोषणा गर्न आह्वान गरेका छन्।

तर, सैन्य सङ्गठन नेटोले त्यसको विरोध गरिरहेको छ। किन?

युद्धमा नो-फ्लाइ जोन भनेको विमानलाई प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नबाट रोक्नको लागि हो। सामान्यतया आक्रमण वा निगरानीलाई नियन्त्रण गर्नका लागि हवाई प्रवेश रोकिन्छ।

तर यस्तो प्रतिबन्ध सैन्य माध्यमबाट लागू गरिनु पर्छ।

युक्रेनमाथि नो-फ्लाइ जोन घोषणा गर्नुको अर्थ विशेष गरी नेटो सेनासहित अन्य सैन्य बलहरू आकाशहरूमा देखिएका कुनै पनि रुसी विमानहरूसँग प्रत्यक्ष संलग्न हुनेछन् र आवश्यक परेको खण्डमा ती विमानहरूमाथि गोली प्रहार गर्नेछन्।

यसले प्रभावकारी रूपमा पश्चिमी राष्ट्रहरूलाई रुससँग सैन्य लडाइँमा ल्याउनेछ। र, यसले युद्धको घटनाक्रम नाटकीय रूपमा बढ्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *