जेलेन्स्कीको आग्रहमा मध्यस्थताका लागि रुस पुगेका इजरायली प्रधानमन्त्रीले पुटिनलाई भेटे

डिसी नेपाल
२२ फागुन २०७८ १३:५८
3.0k
Shares

काठमाडौं। रुस र युक्रेनबीच जारी संघर्षका बीच इजरायली प्रधानमन्त्री नफ्ताली बेनेटले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । उनी शनिबार रुसको राजधानी मस्को पुगेका हुन् । यो बैठकको महत्व यो कुराले पनि अनुमान गर्न सकिन्छ कि इजरायली प्रधानमन्त्रीले यो भ्रमणका लाथि शबात (यहुदीहरुका अनुसार आरामको दिन) तोडिदिए । यहुदी खानुनअनुसार ज्यानको खतरा भएमा मात्र शबात तोड्न पाइन्छ ।

बेनेटको यो बैठकको बारेमा विस्तृतमा जानकारी दिइएको छैन । यद्यपि बताइएअनुसार यी दुई नेताहरबीच करिब ३ घण्टा कुराकानी भएको थियो । बेनेट र पुटिनबीच यसअघि पनि कैयौं पटक भेटवार्ता भएको छ र यी दुई देशबीच राम्रो सम्बनध भएको बताइन्छ । भलै इजरायल अमेरिकाको अहम सहयोगी हो तर प्रधानमन्त्री बेनेटको रुससँग पनि राम्रो सम्बन्ध छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की स्वयं यहुदी हुन् । उनले इजरायली प्रधानमन्त्रीसँग यस विषयमा मध्यस्थता गर्न अपिल गरेका थिए । यो भ्रमणमा प्रधानमन्त्री बेनेटसँग हाउसिङ मन्त्री जीभ एलकिन पनि थिए जसले लामो समयसम्म इजरायली नेताहरुको लागि रुसी भाषा अनुवादकको काम पनि गरेका छन् । उनी खारकिभमा जन्मिएका हुन् र उनको आफन्त अझै युक्रेनमा छन् । भेटपछि बेनेट जर्मनी गएका छन् जहाँ उनले चान्सलर ओलाफ स्कोल्जसँग भेट्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *