नापोलीलाई पराजित गर्दै एसी मिलान शीर्ष स्थानमा उक्लियो
काठमाडौं। नापोलीलाई पराजित गर्दै एसी मिलान इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
आइतबार राति नापोली घरेलु मैदानमा भएकाे खेलम एसीले नापाेलीलाई १-० अन्तर गाेलले पराजित गरेकाे हाे । भ्रमणकारी टोली मिलानका ओलिभियर जिराउडले खेलको ४९औं मिनेटमा निर्णायक गोल गरे।
जितसँगै मिलान २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा उक्लिएकाे छ।
२७ खेलबाट ५८ अंक बनाएको इन्टर मिलान दोस्रो स्थानमा छ। पराजित नापोली २८ खेलबाट ५७ अंक सहित तेस्रो स्थानमा छ। राति नै भएको खेलमा युभेन्ट्सले स्पेजियालाई १-० अन्तरले पराजित गरेकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment