करोडौं क्रिकेट फ्यानहरुको मन जितेको मनमोहक तस्वीर जसले जितलाई पनि फिक्का पारिदियो
काठमाडौं। भारतको महिला क्रिकेट टिमले न्यूजिल्याण्डमा भइरहेको एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानलाई १०७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । महिला क्रिकेट विश्वकपमा अहिलेसम्म भारत र पाकिस्तानबीच ११ खेल भएका छन् र सबै खेल भारतले जितेको छ । तर, आइतबार भारतको जितभन्दा धेरै चर्चा ती तस्वीर र भिडियोको भयो जसले यी दुई देशका खेलाडीहरुको खेल भावना झल्काएका थिए ।
This video ..
??????#INDvPAK #INDvSL #PAKvIND #PAKvAUS#CWC22 #Peshawarblast pic.twitter.com/VuoCOGyzKW
— DhrubaJyot Nath ?? (@Dhrubayogi) March 6, 2022
अहिले भारत र पाकिस्तानको सामाजिक संजालमा पाकिस्तानकी कप्तान बिस्मिल्लाह मारुफको त्यो भिडियो भाइरल भइरहेको छ जसमा खेलपछि उनले आफ्नी ७ महिनाकी छोरीलाई काखमा राखेकी छिन् र चारैतिरबाट भारतीय टिमका खेलाडीहरुले उनकी छोरीलाई माया गरिरहेका छन् । यो भिडियोप्रति प्रतिक्रिया दिँदै दुवै देशका युजरहरुले आ–आफ्नो राय दिइरहेका छन् । पत्रकार मुजिब माशेलले लेखेका छन् ‘यो भिडियो देखेर तपाइाको मन सुन्दर तरिकाले पग्लिनेछ । एक भारतीय युजरले लेखेका छन् ‘प्रेम बाँड्नुस्, घृणा होइन ।
Little Fatima’s first lesson in the spirit of cricket from India and Pakistan ?? #CWC22
? @TheRealPCB pic.twitter.com/ut2lCrGL1H
— ICC (@ICC) March 6, 2022
अन्तर्राष्ट्रिय क्रिकेट परिषदले पनि यससँग सम्बन्धित तस्वीर ट्वीट गरेको छ । यो तस्वीरमा भारतीय महिला खेलाडीहरु पाकिस्तानी कप्तान बिस्मिल्लाह र उनको काखमा रहेकी उनकी छोरीसँग सेल्फी खिचिरहेका छन् । आइसीसीको यही तस्वीर भारतका महान क्रिकेटर सचिन तेन्दुलकरले पनि ट्वीट गर्दै लेखेका छन् ‘कति मायालाग्दो पल । क्रिकेटको मैदानमा सीमाहरु छन् तर मैदानबाहिर सबै सीमाहरु तोडिन्छन् । खेलले एकताबद्ध बनाउँछ ।’
What a lovely moment! Cricket has boundaries on the field, but it breaks them all off the field.
Sport unites!#CWC22 pic.twitter.com/isgALYeZe1
— Sachin Tendulkar (@sachin_rt) March 6, 2022
पाकिस्तानी कप्तान बिस्मिल्लाह मारुफ हालै आमा बनेकी हुन् र न्यूजिल्याण्डमा भइरहेको विश्वकपमा भाग लिन उनी आफ्नी छोरीसँग पुगेकी छिन् । यो प्रतियोगितामा कप्तान बिस्मिल्लाह र उनकी छोरी फातिमाको साथमा बिस्मिल्लाहकी आमा पनि न्यूजिल्याण्ड पुगेकी छिन् । पाकिस्तान क्रिकेट टिममा आमा बनिसकेपछि कुनै खेलाडीले स्थान पाएको र हेरचाह गर्न कुनै अर्को व्यक्तिलाई पनि साथमा राख्न अनुमति दिइएको यो पहिलो पटक हो ।
WE Love you and Little Princess ❤ @maroof_bismah ??
WISH you and your Team all the best for Rest of the Tournament #CricketTwitter #CWC2022 #INDvPAK pic.twitter.com/M0ziCYlXG6
— Sulinder ?♂️ (@Sulinder45) March 6, 2022
पाकिस्तान क्रिकेट बोर्डले मे २०२१ मा पहिलो पटक ‘प्यारेन्टल सपोर्ट पोलिसी’ लागू गरेको हो । यो नीतिअनुसार महिला क्रिकेटरले १ वर्षको मातृत्व विदा पाउँछन् । यो नीतिको सुविधा लिने पहिलो खेलाडी अहिलेकी कप्तान बिस्मिल्लाह मारुफ हुन् । गएको डिसेम्बरमा बिस्मिल्लाहले आफू विश्वकपको लागि उपलब्ध भएको घोषणा गरेकी थिइन् । त्यसपछि उनले आफ्नो साथमा एक जना सपोर्ट स्टाफ राख्ने अनुमति पाइन् जुन जिम्मेवारी उनकी आमालाई दिइयो ।







डिसी नेपाल







Facebook Comment