रुसको आक्रमणमा जेलेन्स्की मारिए भने के हुन्छ ? अमेरिकाले दियो जवाफ

डिसी नेपाल
२३ फागुन २०७८ ११:२६
4.8k
Shares

काठमाडौं। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसँग सीबीएस न्यूजमा एक अन्तरवाताृको क्रममा सोधियो कि यदि रुसको आक्रमणमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मारिए भने त्यो अवस्थामा के हुन्छ ? यो प्रश्नको जवाफमा ब्लिंकेनले युक्रेनको सरकारसँग आकस्मिक योजना भएको बताएका छन् ।

एन्टोनी ब्लिंकेनले भने ‘युक्रेनसँग योजना छ । म यस विषयमा अहिले विस्तारमा कुरा गर्न गइरहेको छैन । हामीले यो कुरा तय गर्नेछौं कि सरकारलाई सत्तामा राख्नको लागि के गर्नुपर्छ । यसलाई ममाथि छोडिदिनुस् ।’ ब्लिंकेनसँग सोधिएको थियो कि के अमेरिका जेलेन्स्की बिना अन्तरिम सरकारको लागि कुनै योजनामा काम गरिरहेको छ ?

कैयौं मिडिया रिपोर्टमा दावी गरिएको छ कि जेलेन्स्की रुसी आक्रमणको निशानामा छन् । जेलेन्स्की स्वयंले पनि आफ्नो ज्यान खतरामा रहेको बताइसकेका छन् । पछिल्ला केही दिनयता जेलेन्स्की लाइभ पनि आउँदैनन् । उनी भिडियो रेकर्ड गरेर सामाजिक संजालमा पोस्ट गर्छन् ।

यदि रुसले राष्ट्रपति जेलेन्स्कीलाई मारिदियो भने यसको असर के हुन्छ ? यसको जवाफमा ब्लिंकेनले भने ‘पहिलो कुरा त यो हो कि जेलेन्स्की र उनको पूरै सरकार यो संकटसँग जुध्न डटिरहेका छन् । मानिसहरुले गजबको साहस देखाएका छन् ।’ ब्लिंकेनले प्रतिबन्धको रुसमाथि निकै गम्भीर असर परिरहेको बताउँदै कम्पनहिरु त्यहाँबाट भागेकाले नागरिकले जरुरी सामान किन्न नपाएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *