रुसले अमेरिकासँग राखिदियो यस्तो शर्त, तेलको मूल्यमा आगो लाग्यो
काठमाडौं। तेलको मूल्य २००८ पछिकै सबैभन्दा धेरै भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार विश्व बजारमा इरानको तेलको सम्भावित कमब्याकमा ढिलाइका साथै अमेरिका र युरोपिउन युनियनले रुसी तेलको आयातमा प्रतिबनध लगाउने विचारकै कारण तेलको मूल्य आकाशिएको छ । इरानसँग २०१५ को परमाणु सम्झौता बहाल गर्ने कोसिस भइरहेको छ तर अनिश्चितता झनै बढेको छ ।
रुसले अमेरिकाको अगाडि युक्रेनमा गरेको आक्रमणका कारण आफूमाथि लगाइएको प्रतिबन्धले इरानसँगको आफ्नो व्यापार प्रभावित हुन नहुने शर्त राखेको छ । रोयटर्सले सूत्रको हवाला दिँदै बताएअनुसार चीनले पनि नयाँ शर्त राखेको छ । रुसको नयाँ मागका विषयमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले आइतबार रुसमाथि लगाइएको प्रतिबन्धको इरानसँग परमाणु सम्झैतासँग जोड्नुको कुनै मतलब नभएको बताएका छन् ।
अर्कोतर्फ अमेरिका र युरोपेली देशहरु रुसबाट तेल आयातमा प्रतिबन्ध लगाउने विकल्पबारे विचार गर्दैछन् । अमेरिकी विदेश मन्त्रीले पनि ह्वाइट हाउसले कंग्रेसनल कमिटीसँग रुसको तेलमा प्रतिबन्ध लगाउनेबारे विचार गर्ने बताएका छन् । थिंक ट्यांक एनर्जी एस्पेक्टकी सहसंस्थापक अमृता सेन भन्छिन् ‘इरान एकमात्र कारक थियो जसबाट तेलको मूल्य नियन्त्रण गर्न सकिन्थ्यो तर परमाणु सम्झौतामा ढिलाइ भइरहेको छ । यदि रुसको तेल पनि बजारबाट बाहिर रह्यो भने स्थिति अझै बिग्रिन सक्छ ।’ विश्ल्ेषकहरुका अनुसार यो हप्ता कच्चा तेलको मूल्य १८५ डलर प्रतिब्यारल पुग्न सक्छ ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment