एमाले अध्यक्ष केपी ओली पोखरामा

डिसी नेपाल
२३ फागुन २०७८ १४:५८
64
Shares

पोखरा। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन्। एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन्।

मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने तय भएको छ । एमालेले स्थानीय तहकाे निर्वाचनकाे तयारीसमेत सुरु गरिसकेकाे छ। साेही कारण ओली देश दाैडाहमा लागेका छन्।

यसअघि ओली साेमबार नवलपरासी पूर्वको मध्यविन्दु वहुमुखी क्याम्पस, कावासोतीको १६औं स्थापना दिवस समारोहमा सहभागी भएका थिए । उनले नवनिर्मित क्याम्पस भवनको उद्घाटनसमेत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.