न्यायाधीशहरूले संविधान हेर्न छाडेः केपी ओली

डिसी नेपाल
२४ फागुन २०७८ १७:३१
52
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकार परिवर्तन गर्नेगरी परमादेश दिएकोप्रति आक्रोशित हुँदै न्यायाधीशहरूले संविधान हेर्न छोडेको आरोप लगाएका हुन् ।

न्यायाधीशहरु न्याय दिनभन्दा व्यक्तिको उद्देश्य पूरा गर्न र विकासको विरोधीको रुपमा देखिएको ओलीको आरोप छ ।

‘हाम्राविरुद्धका परमादेशहरु जनादेशबाटै सच्याउन सकिन्छ । श्रीमानजीले संविधान हेर्न छोड्नुभयो । श्रीमानले कानुन हेर्र्न छोड्नुभयो । श्रीमानले के हेर्‍या होे ?,’ ओलीले भने, ‘उहाँहरु त मान्छेको उद्देश्य हेर्न थाल्नुभयो । यो समृद्ध नेपाल, सुखी नेपाली भनेर भन्न पाइन्छ भन्ने उहाँहरुलाई चिन्ता छ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *