युक्रेन छोड्नेमध्ये आठ लाख बालबालिका – सेभ द चिल्ड्रन
काठमाडौं । रुसले आक्रमण गरेपछि युक्रेन छोडेर भागेका २० लाख मानिसमध्ये झन्डै आठ लाखजना बालबालिका भएको सेभ द चिल्ड्रेनले बताएको छ।
उक्त संस्थाका अनुसार तीमध्ये धेरै जनाले एक्लै यात्रा गरिरहेका छन्।
“बाबुआमाहरू आफ्ना सन्तानलाई जोगाउन एकदमै खतरनाक, मन कुँडिने खालका उपाय अवलम्बन गरिरहेका छन्। तीमध्ये आफू घरमै बसेर तिनका लागि सुरक्षा खोज्न सुरक्षा छिमेकी र इष्टमित्रसँग युक्रेनबाहिर पठाउनु पनि पर्छ,” उक्त संस्थाकी इरिना सागोयानले भनिन्।
जापोरिज्यास्थित घरबाट एक्लै हिँडेका एक ११ वर्षीय बालक १,२०० किलोमिटर लामो रेलयात्रा गरेर स्लोभाकिया आइपुगेको विवरण हिजो प्रकाशित गरिएको थियो।
युक्रेन छोडेका आधाभन्दा बढी शरणार्थीहरू पोल्यान्ड अनि त्यसपछि हङ्गेरी र स्लोभाकिया गइरहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment