रुसी र युक्रेनी विदेशमन्त्रीबीच टर्कीमा भेट हुने

डिसी नेपाल
२५ फागुन २०७८ १३:४५
12
Shares

काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाबीच टर्कीमा भेट हुन लागेको रुस सरकारले पुष्टि गरेको छ।

फेब्रुअरी २४ मा युक्रेनमा रुसले आक्रमण सुरु भएपछि उनीहरूबीच हुने लागेको यो पहिलो बैठक हो।

लाभ्रोभ एउटा अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा सहभागी हुन टर्की जान लागेका हुन्। त्यहाँ नै उनको कुलेबासँग भेट्ने योजना तय भएको विदेश मन्त्रालयकी एक प्रवक्तालाई उद्धृत गर्दै रुसी सरकारी सञ्चारमाध्यम आरआईए नोभोस्तीले जनाएको छ।

टर्कीका विदेशमन्त्रीले त्रिपक्षीयबैठक प्रस्तावित गरेका हुन्।

अहिलेसम्म उक्त बैठक बिहीवार हुने बताइएको छ। कूटनीतिक मञ्चको बैठक भने शुक्रवार हुनेछ।

रुस र युक्रेनबीच शान्तिवार्ता चुनौतीपूर्ण देखिएको छ। अहिलेसम्म भएका वार्तामा कुनै सहमति हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *