श्रीलंका पुलिसविरुद्ध नेपालको विशाल योगफल, चार खेलाडीको अर्धसतक

डिसी नेपाल
२६ फागुन २०७८ १४:२०
156
Shares

काठमाडौं। अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसविरुद्ध विशाल योगफल तयार पारको छ।

बुधबार कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै आक्रमक सुरुवात गरेको नेपालले ३३२ रनको लक्ष्य प्रस्तुत गरेको हो । निर्धारित ५० ओभर खेलेको नेपालले सात विकेट गुमाउँदै ३३१ रन बनायो।

नेपालका चार ब्याटरले अर्धसतक बनाए। ओपनरद्वय कुशल भर्तेल र आसिफ शेखले क्रमशः ५७ र ५२ रन जोडे । यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहित कुमार पौडेलले सर्वाधिक ७२ रन बनाएर आउट हुँदा करण केसी ५३ रनमा अविजित रहे।

यस्तै आरिफ शेखले ३५, कमलसिंह ऐरी ४५ रनमा अविजित रहँदा बिनोद भण्डारीले ३ बन बनाए। यसअघि नेपालले पहिलो खेलमा श्रीलंका नेभीविरुद्ध १११ र दोस्रो खेलमा ८२ रनको जित निकालेको थियो ।

अभ्यासपछि नेपाली टिम १४ मार्चमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नेछ। जहाँ नेपालले विश्वकप लिग-२ प्रतियोगिता खेल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *