६ हजारसम्म रुसी सेनाको मृत्यु भएको हुनसक्ने 

डिसी नेपाल
२६ फागुन २०७८ १४:४३
444
Shares

काठमाडौं । युक्रेनमा रुसले धावा बोलेपछि दुई साताको अवधिमा झन्डै ५,००० देखि ६,००० रुसी सैनिकको मृत्यु भएको अमेरिकाले अनुमान गरेको छ।

बीबीसीको अमेरिकास्थित साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकी अधिकारीहरूले त्यस्तो आकलन गरेका हुन्।

मृतकको अनुमानित सङ्ख्याका आधारमा घाइते हुने सैनिकको सङ्ख्या १५,००० देखि १८,००० भएको बताइएको छ। प्रायः युद्धमा घाइते सैनिकको सङ्ख्या मृतकको सङ्ख्याभन्दा तीनगुना हुने गर्छ।

नाम उल्लेख गर्न नचाहने एक अमेरिकी अधिकारीका अनुसार हताहत हुने रुसी सैनिकको अनुमानित सङ्ख्याले रुसले ठूलो क्षति बेहोर्नुपरेको देखिएको छ।

उनले सैनिकहरूको मृत्युदरलाई दोस्रो विश्वयुद्धका केही सङ्घर्षसँग तुलना गरे।

युक्रेनले १२,००० रुसी सैनिक सङ्घर्षका क्रममा मारिएको दाबी गरेको छ। गत साता रुसले ५०० सैनिकले युक्रेनमा ज्यान गुमाएको बताएको थियो।

तर युद्धका बेला दुवै पक्षले आफूअनुकूल प्रचार गर्ने हुँदा त्यस्ता दाबीहरू पुष्टि गर्न गाह्रो हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *