डुंगा चढेर मन्दिरमा पुग्नु र पूजा गरेर फेरि डुंगामै फर्किनुको मज्जा नै बेग्लै (फोटो फिचर)

डिसी नेपाल
२६ फागुन २०७८ १७:१९

काठमाडौं । नेपालकै लोकप्रिय गन्तव्यमध्ये पोखराको फेवा ताल पनि एक हो । नेपालको दोश्रो ठूलो ताल फेवा ताल आन्तरिक तथा वाह्य पर्यटकहरूमाझ निकै लोकप्रिय छ। फेवा गाउँको छेउमा रहेकाले यस तालको नाम फेवा ताल रहन गएको हो । फेवा ताललाई वैदाम ताल पनि भन्ने गरिन्छ । फेवा तालको बिचमा ताल बराही मन्दिर रहेको छ।

तालबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ । फेवा तालको बिचमा रहेको बाराही मन्दिरमा पुजा गर्न जादा डुंगा चढेर मन्दिरमा पुग्नु र पुजा गरेर फेरी डुंगामै फर्किन अत्यन्तै मनमोहक हुने गर्छ । यो मन्दिर नेपालकै प्रमुख तीर्थस्थलमध्ये एक हो । यस फेवा तालमा डुंगा भाडामा लिई दिनभर बोटिङ् गर्दा झन आनन्द आउने गर्दछ ।

पोखरा उपत्यकामा रहेको यो ताल आन्तरिक तथा वाह्य पर्यटकहरुमाझ लोकप्रीय छ । फेवा ताल नेपालमा रहेको तालहरु मध्यको सुन्दर ताल पनि हो । पोखरा उपत्यकाको पश्चिमतर्फ रहेको यस रमणीय फेवा ताल समुन्द्रको सतहदेखी ७४२ मिटर( २४३४ फिट) को उचाईमा स्थित रहेको छ ।

यस तालले लगभग ५.२३ वर्ग किमी (२ वर्ग माइल) क्षेत्रफल ओगटेको छ । औषत गहिराइ ८.६मिटर (२८ फिट) रहेको छ भने अधिकतम् गहिराई २४ मिटर (७९ फिट ) रहेको छ । यस तालको जल क्षमता लगभग ४ करोड ३० लाख क्युबिक मिटर ( ३५ हजार एकड फिट ) रहेको छ । यस तालको उत्तर दिशामा अन्नपुर्णा शृङखला रहेको छ जुन २८ कि.मीको दुरीमा छ ।

तालको वरिपरि रमणीय बैदाम क्षेत्र (लेकसाइड) रहेको छ , जहाँ सयौँको संख्यामा पर्यटकीय होटल तथा रिसोर्टहरु रहेका छन् भने तालको वरिपरि रमणीय हरियो वन रहेको छ । तालको बिच भागमा रहेको प्रसिद्ध यस तालवाराही मन्दिरले गर्दा फेवा तालको शोभा झनै बढेको छ । फेवा ताललाई समग्रमा पर्यटकिय स्थलको रुपमा रहेको एउटा महत्वपुर्ण गहनाको रुपमा लिइन्छ । फेवा ताल नेपालको डुङ्गा र तालबाराही मन्दिरको लागि प्रशिद्ध छ ।

तालवाराही मन्दिर अति प्राचीन मन्दिरका रुपमा चिनिए पनि यसलाई कसले र कहिले निमार्ण गर्यो भन्ने यकिन तथ्य भने अझै पनि अनुसन्धान भएको छैन । विभिन्न तथ्यको आधारमा मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहिआएको पाइए पनि कतैकतै विसं १४४७ देखि नेै यसको अस्तित्व रहेको अनुमान गरिएको छ ।

अति प्राचीन मन्दिरका रुपमा चिनिए पनि यसलाई कसले र कहिले निमार्ण गर्यो भन्ने यकिन तथ्य भने अझै पनि अनुसन्धान भएको छैन । विभिन्न तथ्यको आधारमा मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहिआएको पाइए पनि कतैकतै विसं १४४७ देखि नेै यसको अस्तित्व रहेको अनुमान गरिएको छ ।

कास्कीका राजा कुलमण्डन शाहले उक्त मन्दिर खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेका थिए । प्राचीनकालमा माटोको ढिस्कामा एउटा शिला थियो त्यहि मन्दिर स्थापना गरी बाराहीका रुपमा पुजाआजा गर्न थालिएको किंवदन्ती छ । बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको र तालको बीचमा रहेका कारण तालबाराही हुन गएको विश्वास छ ।

यहाँ दैनिक ३ देखि ५ हजारसम्म देश विदेशका पर्यटक  आउँछन् । तालबाराहीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास रहेको छ । यस मन्दिरमा आएर विवाह बन्धनमा बाधिए दाम्पत्य जीवन सुखी हुने जनबिश्वास पनि छ । विसं २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निमार्ण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो ।

मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, साराङ्कोट, विश्व शान्ति स्तुपजस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने छ । यस मन्दिर कुल ३ रोपनी ८ आना २ दाम क्षेत्रफलमा फैलिएको छ ।

भिडियोमा हेर्नुहोस्:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *