रीमा श्रेष्ठको ‘मरेर लानु केनै छ’ गीतको म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
२६ फागुन २०७८ २१:५१
152
Shares

काठमाडौं । गीतकार रीमा श्रेष्ठको शब्दमा रहेको ‘मरेर लानु केनै छ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायक अनुप रेग्मी र बिन्दु परियारको स्वर रहेको उक्त गीत बजारमा उपलब्ध भैसकेको गीति एल्बम ‘अधुरो सपना’ संग्रहित गीत हो। यस गीतलाई अनुप रेग्मीले संगीतवद्द गरेका हुन्। गीतमा रुपम सिंह गुरुङको संगीत संयोजन रहेको छ।

युवा युवतीबीचको प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीतमा कमल सिंह र रोहनी लामाको अभिनय रहेको छ। दीपक सिंहले कोरियोग्राफी गरेको भिडियोलाई सोनाम पक्ख्रििनको निर्देशन, पवन सुस्लिङको छायांकन र सम्पादनमा तयार पारिएको हो। कुशल गुरुङ र सुनिल माथेमा प्रधान निर्माता रहेको नौलो डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ।

अमेरिका निबासी र पेसाले आईटीमा रहेकी गीतकार श्रेष्ठको सानै उमेर देखी गीत-संगीतमा लगाव थियो। करिब एक वर्ष अगाडी उनको पहिलो गीति एल्वम ‘अधुरो सपना’ को भव्य चर्चा संगै फुटकर गीतहरु सार्वजनिक गरिसकेकी श्रेष्ठ निरन्तर गीत सिर्जना र भिडियो निर्माणमा सक्रिय छिन्। यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन श्रेष्ठले सबैलाई आग्रह गरेकी छिन्।
भिडियोः


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *