नेपाललाई श्रीलंका-११ को २३३ रनको लक्ष्य
काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेटसामू चौथो अभ्यास खेलमा श्रीलंका ११ ले २३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाउनुअघि २३२ रनको योगफल तयार गर्यो ।
श्रीलंका ११ का सदुन विराकोदीले ४९, रमेश निमान्थाले १८, दिल्सान मुनाविराले १४, थिसरा परेराले आठ, चमरा सिल्भाले ६ र उपुल थरंगाले तीन रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले र सागर ढकालले समान तीन विकेट लिए । यस्तै, सोमपाल कामीले दुई र आरिफ शेखले एक विकेट लिए ।
यसअघि नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई क्रमशः १११ र ८९ रनले पराजित गरेको थियो । बिहीबार भएको चौथो अभ्यास खेलमा नेपालले श्रीलंका पुलिसलाई एक सय ४४ रनले पराजित गरेको थियो ।
नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।
नेपालले लिग-२ अन्तर्गतको आफ्नो तेस्रो शृंखलामा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।
नेपाल टिमः
कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, सागर ढकाल, सोमपाल कामी, विक्रम सोब, रोहित कुमार पौडेल, आरिफ शेख
श्रीलंका कम्बाईन ११ः
कप्तान थिसारा परेरा, थरंगा, सदुन विरकोडी, सेकुगे प्रसन्ना, दिलुरुवान परेरा, चमारा सिल्भा, धम्मिका प्रसाद, रमेश निमान्था, अनुक फर्नान्डो, दिलांका अवाभ्दत
No ads found for this position

डिसी नेपाल
Facebook Comment