पर्यटन मन्त्री आलेद्वारा उपचारका लागि आर्थिक सहयोग प्रदान

डिसी नेपाल
२७ फागुन २०७८ २०:२१
52
Shares

काठमाडौ. । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि खुट्टाको समस्या भएर उपचार गर्न नसकेका डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । आज शुक्रबार मन्त्रालयमा उपचारका लागि सहयोगको अपेक्षासहित आउनुभएका साउदलाई मन्त्री आलेले आफ्नो व्यक्तिगत तर्फबाट रु १५ हजार प्रदान गरेका हुन्।

साउदको करिब १२ वर्ष पहिले दायाँ खुट्टामा चोट लागेको र अहिले आएर उक्त चोटकै कारण दाहिने खुट्टामा एक्टीनो माइकोसिस (ढुसी) नामक सङ्क्रमण देखिएको र खुट्टानै काट्नुपर्ने अवस्था देखिएको राष्ट्रिय ट्रमा सेन्टरका चिकिसकले जानकारी दिएपछि साउद उपचारका लागि आर्थिक सहयोग माग्न मन्त्रालय पुगेका थिए । मन्त्री आलेले हाललाई परीक्षणका लागि भन्दै उपचार सहयोग दिनुभएको र उहाँको थप उपचारका लागि आफूले पहल गर्ने बचनबद्धता व्यक्त गरेको मन्त्री आलेको स्वकीय सचिवालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.