बंगलादेशले सनी लियोनीलाई दिएन ‘वर्क परमिट’

डिसी नेपाल
२८ फागुन २०७८ ८:०६
124
Shares

काठमाडौं। बलिउड अभिनेत्री सनी लियोनीलाई बंगलादेशले ‘वर्क परमिट’ दिन पुनः अस्वीकार गरेको छ। बंगलादेशले यसअघि सन् २०१५ मा पनि उनलाई ‘वर्क परमिट’ दिएको थिएन। बंगलादेशबाट अनुमति नपाएपछि सनी आगामी फिल्म ‘सोल्जर’को सुटिङका लागि बंगलादेश जान नपाउने भएकी छन्। जसकारण निर्माताले सुटिङ रोक्नु परेको छ।

सनीका लागि यो पहिलो बंगलादेशी फिल्म हो। सनीको ‘वर्क परमिट’लाई मिनिष्ट्री अफ इनफर्मेसन एण्ड ब्रोडकास्टिङ बंगलादेशले दिन अस्वीकार गरेको छ। अस्वीकारबारे विस्तृत कारण खुलेको छैन।

तर, बंगलादेशका कैयौं इस्लामिक समूहहरुले सनीलाई आफ्नो देशमा नआउन चेतावनी दिइरहेका छन्। उनीहरुले सनीलाई सरकारले बंगलादेश आउने अनुमति दिए आफूहरुले सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका छन्।

सनीबाहेक फिल्म ‘सोल्जर’का अन्य भारतीय कलाकारलाई बंगलादेशले फिल्मको सुटिङ गर्न अनुमति दिएको थियो। यो फिल्मको निर्देशन शमीम अहमद रोनीले गरिरहेका छन्। बंगलादेश सरकारले सनीबाहेक १० कलाकारलाई ६ मार्चदेखि सेप्टेम्बर ४ सम्मका लागि ‘वर्क परमिट’ दिइसकेको छ।

यसअघि सन् २०१५ मा सनीलाई बंगलादेशले ‘वर्क परमिट’ दिएको थिएन। एक कार्यक्रममा सहभागिता जनाउन बंगलादेश जाने योजना बनाएकी सनीलाई त्यहाँका इस्लामिक समूहले विरोध गरेपछि ‘वर्क परमिट’ पाएकी थिइनन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *