चुनाब जितेको पर्सीपल्टै अखिलेश यादव र आजम खानको सांसद पदबाट राजीनामा
काठमाडौं। भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले स्पष्ट बहुमत ल्याएको छ । साथमा समाजवादी पार्टीले पनि २०१७ को निर्वाचनमा भन्दा धेरै सुधार गरेर १११ सिट ल्याएको छ । यो अघिल्लो निर्वाचनको तुलनामा समाजवादीको ६४ सिट बढी हो ।
प्रदेशमा दोस्रो ठूलो दल बनेको भए पनि समाजवादी पार्टीका प्रमुख अखिलेश यादव र पार्टीका दिग्गज नेता आजम खानले भर्खरै जितेको सांसद पदबाट राजीनामा दिने भएका छन् । पहिलेदेखि नै केन्द्रीय संसद लोकसभाका सदस्य रहेका अखिलेश र आजमले लोकसभा सदस्य कायमै रहने र विधानसभा सदस्यबाट राजीनामा दिने निर्णय गरेका छन् ।
अहिले लोकसभामा समाजवादीका ५ सदस्य छन् र राजनैतिक माहोल हेरेर समाजवादी पार्टी केन्द्रीय संसदमा कमजोर हुन चाहँदैन । यस्तोमा अखिलेश यादव र आजम खानले विधानसभा सदस्यबाट राजीनामा दिने तयारी गरेका छन् । चुनाबको नतिजापछि अखिलेशले भनेका थिए ‘उत्तर प्रदेशका जनतालाई हाम्रो सिट अढाइ गुणा र भोट डेढ गुणा बढाइदिएकोमा धन्यवाद । चुनाव परिणमले स्पष्ट छ कि भाजपाको यो गिरावट निरन्तर जारी रहनेछ ।’







डिसी नेपाल







Facebook Comment