पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने – ‘एक बलमा ३ विकेट झारिदिन्छु’

डिसी नेपाल
२८ फागुन २०७८ १४:१०
2.6k
Shares

काठमाडौं। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले खैबर पख्तुनख्वामा लोअर दीरमा एक जनसभामा विपक्षी दलहरुमाथि अटाक्ष गर्दै आफ्नो प्रतिस्पर्धा ३ जना डकैतहरुसँग भएको बताएका छन् । उनले एउटै इनस्विङ योर्कर बलले तीनवटै विकेट झारिदिने बताए । जनसभामा इमरानले पाकिस्तान मुस्लिम लिग नवाजका अध्यक्ष शहबाज शरीफ, पाकिस्तान पिपुल्स पार्टीका सह अध्यक्ष आसिफ अली जरदारी र जमियत उलेमा ए फज्लका अध्यक्ष मौलाना फजलुरमाथि कटाक्ष गरेका थिए ।

यी तीन विपक्षी दलले इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । यसैको प्रतिउत्तरमा इमरानले यी तीनैजनाविरुद्ध इनस्विङ योर्कर बल फ्याँकेर एकैचोटी तीन विकेट झारिदिने बताएका हुन् । इमरानले विपक्षी नेताहरुलाई तीन कठपुतली बताउँदै कुनै बेला यी नेताहरु पाकिस्तानको हितविरुद्ध गएको बताए । इमरानले भने ‘मैले प्रार्थना गरिरहेको थिएँ कि यिनीहरु मविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने आफ्नो योजना अगाडि बढाउने ताकि मैले एक बलमा तीन विकेट लिन सकुँ ।’ इमरान खान पूर्व क्रिकेटर हुन् । अलराउण्डर खेलाडी इमरान आफ्नो खेल जीवनमा रिभर्स स्विङमा दक्ष थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *