‘बच्चन पाण्डे’ प्रचारमा चालक बने अक्षय कुमार
काठमाडौं। बलिउड अभिनेता अक्षय कुमार आफ्नो बहुप्रतिक्षित एक्सन कमेडी फिल्म ‘बच्चन पाण्डे’को फरक किसिमले प्रचार गरिरहेका छन्। अक्षय ‘बच्चन पाण्डेकी सवारी’ लेखिएको एक ट्रक चलाउँदै मुम्बईबाट नयाँदिल्ली पुग्दैछन्।
यो फिल्ममा अक्षयका अलावा कृति सेनन, ज्याकुलीन फर्नान्डिज र अरशद वारसीको पनि प्रमुख भूमिकामा अभिनय छ। फिल्ममा पनि अक्षय ट्रक चालकको भूमिकामा छन्। फिल्ममा अक्षयको चरित्र आकर्षणको चरित्र भएकाले पनि निर्माताले प्रचारको नयाँ शैलीलाई अपनाएका हुन्।
निर्माताहरुले ‘बच्चन पाण्डेकी सवारी’ शनिबारबाट सुरु गरेका छन्। यो सवारी १५ मार्चसम्म अलग–अलग स्थानमा चल्नेछ। फिल्मका निर्देशक फरहाद सामजी हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment