‘पुष्पा’ सिक्वेलमा स्क्रिप्टमा परिवर्तनको तयारी

डिसी नेपाल
३० फागुन २०७८ ८:२७
116
Shares

काठमाडौं। अल्लू अर्जुन र रश्मिका मन्दाको सुपरहिट फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि निर्माताहरु यसको सिक्वेलको तयारीमा जुटेका छन्। फिल्मका निर्माताहरु स्क्रिप्टमा केही परिवर्तन गर्ने कोशिस गरिरहेका छन्। उनीहरुले उत्तर भारतीय दर्शकमा आफ्नो प्रभाव बढी पार्नका लागि निर्माताले स्क्रिप्ट परिवर्तनको प्रयास गरेका हुन्।

समाचारअनुसार निर्देशक सुकुमार पहिला ‘पुष्पा’लाई दुई भागमा बनाउने योजनामा थिए। तर पछि ‘पुष्पाः द राइज’ र ‘पुष्पाः द रुल’को रुपमा प्रस्तुत गर्न स्क्रिप्टमा कैयौं परिवर्तन गरे। अहिले उनले ‘पुष्पाः द रुल’का लागि स्क्रिप्टमा केही परिवर्तन गरिरहेका छन्। दर्शकमाझ आफ्नो प्रभाव छोड्नका लागि सिक्वेलको कथामा केही ट्वीस्ट ल्याउँदैछन्।

अल्लू, सुकुमार र उनको टिमले ‘पुष्पा २’ को सुटिङ सुरु गर्नका लागि तयारी थालेका छन्। फिल्मको दोस्रो भागमा अल्लूलाई एक झगडालु व्यक्तिको रुपमा प्रस्तुत गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *