साउदीका विदेशमन्त्री आज नेपाल आउँदै

डिसी नेपाल
३० फागुन २०७८ ११:००
120
Shares

काठमाडौं। साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद आज नेपाल आउदैछन्। नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी दुई दिने नेपाल भ्रमणमा काठमाडाैं आउन लागेका हुन्।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री खड्काले आफ्ना साउदी समकक्षीसँग १ चैतमा बैठक गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.