दोस्रो विवाह गर्दै कनिका कपुर
काठमाडौं। बलिउड गायिका कनिका कपुर दोस्रो विवाह गर्ने तयारीमा छिन्। कनिका यही मेमा गौतम नामका एनआरआई व्यापारीसँग विवाह गर्दै छिन्। उनको पहिलो विवाह पनि एनआरआई व्यापारीसँग नै भएको थियो । तर, विवाहको लामो समयपछि उनीहरू अलग्गिएका थिए।
कनिका र गौतम विगत एक वर्षयता डेटमा छन्। उनीहरु लण्डनमा विवाह गर्दै छन्। यद्यपि कनिकाले विवाहको खबरलाई अस्वीकार गरेकी छन्। यो जोडीको पहिलो भेट लण्डनको कुनै एक कन्सर्टमा भएको अनुमान लगाइएको छ।
कनिकाले सन् १९९७ मा लण्डनमा बस्दै आएका एनआरआई व्यापारी राज चण्डोकसँग विवाह गरेकी थिइन्। उनीहरुले सन् २०१२ मा सम्बन्धविच्छेद गरेका थिए । उनीहरूको तीन सन्तान छन् । गायिका कनिका सुपरहिट गीत ‘बेबी डोल’बाट चर्चामा आएकी हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment