अपांगताबारे सचेतना मुलक सर्ट फिल्म ‘सोच’सार्वजनिक (भिडियोसहित)

डिसी नेपाल
१ चैत २०७८ १८:५७
220
Shares

काठमाडौं।  मार्च महिना अपांगता सचेतनाको महिना हो । यसै अवसरमा अपांग सचेतना सम्बन्धी जनचेतना जगाउने उद्देश्य लिएर सर्ट फिल्म ‘ सोच ’ सार्वजनिक गरिएको छ ।डीएमभी क्षेत्रमा स्थापित “द हिमालयन भाइब्स” ले आफ्नो युट्युब च्यानलमार्फत ‘सोच’नामक छोटो चलचित्र प्रदर्शनमा ल्याएको हो। अपांगता कसैको दोष हैन, न कसैको चाहना नै हो अपांगता भएका व्यक्ति सबै धेरै कुरामा सबल हुन्छन भन्दै सबैले आफ्नो सोच बदल्नु पर्ने सन्देश यो चलचित्रले दिन्छ।

अपांगताकोले घर परिवारमा कस्तो बाताबरण सिर्जना गर्छ र त्यो बाताबरणलाई कसरि सहजीकरण गर्ने भन्ने कुराको भाब यस कथामा हेर्न पाइने कुरा चलचित्रका मुख्य अभिनेता तथा ‘ द हिमालयन भाइब्स’ का एक संस्थापक रवि शाक्यले बताए। रवि शाक्य बाहेक यो चलचित्रमा मिला श्रेष्ठको पनि अभिनय रहेको छ। जिम श्रेष्ठको सह छायाँकन रहेको यस चलचित्रमा रोशन लाल श्रेष्ठको सम्पादन र छायाँकन रहेको छ । उनि रोशन लाल श्रेष्ठ ‘सोच’का लेखक र निर्देशक पनि हुन्। छोटो ‘सोच’ चलचित्र पूर्ण कथन सहित द्रीष्टी विहिनका लागि पहुँचयोग्य संस्करणमा पनि रिलीज गरिएको छ।

द हिमालयन भाइब्स बिगत केहि बर्ष देखि सक्रिय रुपमा फेसबुक र युट्युब च्यानलमार्फत विभिन्न प्रकारका सामाग्रीहरु लिएर दर्शकहरु सामु आइरहेको छ।

छोटो अबधिमा नै सो समूहले दर्शक माझ राम्रो स्थान बनाएको छ। दर्शकहरुबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको शाक्य बताउँछन्। उनीहरुका अनुसार उनीहरुको सामग्री धेरैजस्तो सामाजिक सन्देश र मनोरञ्जन दिने खालका हुन्छन्।

यो छोटो चलचित्र सोही उद्देश्य मध्यको हो। यो भन्दा अगाडि द हिमालयन भाइब्सले लागुपदार्थ दुर्ब्यसन र पुनर्स्थापना सम्बन्धी जनचेतना जगाउने उद्देश्य लिएर ‘शून्य’ नामक छोटो चलचित्र र कोविड् १९ सम्बन्धी जनचेतना जगाउने छोटो चलचित्र “धिक्कार कोरोना” पनि युट्युब च्यानलमार्फत प्रदर्शन गरेको थियो। सो छोटो चलचित्र नेपालको राष्ट्रिय टेलिभिजनमा पनि प्रदर्शन गरिएको थियो।

भिडियोः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.