यु-१८ महिला साफ: दोस्रो खेलमा बंगलादेशको सामना गर्दै नेपाल

डिसी नेपाल
३ चैत २०७८ ७:५४
28
Shares

काठमाडौं। पहिलो खेलमा आयोजक भारतसंग ७-० अन्तरले पराजित नेपालले जारी साफ यु-१८ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा बंगलादेशको सामना गर्दैछ।

जमसेदपुरमा हुने खेल साझ सवा ७ बजे सुरु हुनेछ। बंगलादेश तुलनात्मक रुपमा नेपाल भन्दा बलियो रहेको छ । यद्यपि प्रीती राईको कप्तानीमा रहेको नेपाल पहिलो जितको खोजिमा छ।

यता, बंगलादेश समेत पहिलो खेलमै जित निकाल्न चाहन्छ। डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ।

प्रतियोगिताको शीर्ष टोलीले उपाधि हात पार्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *