उपचारका लागि प्रधानमन्त्री पत्नी आरजू जापानमा

डिसी नेपाल
३ चैत २०७८ ११:४६
4.7k
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू देउवा उपचारका लागि जापान गएकी छन्। केही दिन अघि आरजू उपचारका लागि जापान गएकी हुन्।

गत वर्ष जापान मै आरजूको हिपको अपरेशन गरिएको थियो। त्यसैको फलोअपमा आरजू जापान गएको बालुवाटार निकट स्रोतले जनाएको छ। जापानमा आरजू दश दिन रहने बताइएको छ।

बेला बेलामा आरजूको हिपमा समस्या आउने गरेको छ। गत वर्ष उपचारका लागि जापान गएकी आरजू लकडाउनका कारण लामो समय उतै बसेकी थिइन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *