इंग्लिस प्रिमियर लिग : एभर्टनको रोमाञ्चक जित

डिसी नेपाल
४ चैत २०७८ ६:२९
120
Shares

काठमाडौं। इन्जुरी समयको नवौं मिनेटमा एलेक्स इवोबीको निर्णायक गोलसँगै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई १-०अन्तरले पराजित गरेको छ।

घरेलु मैदान गुडिसन पार्कमा निर्घारित ९० मिनेटको समयमा कुनै गोल नभएपछि १० खेलाडीमा सीमित एभर्टन इन्जुरी समयमा महत्त्वपूर्ण तीन अंक हासिल गर्न सफल भयो। इन्जुरी समय १५ मिनेट खेलिएको थियो।

खेलको ८३औं मिनेटमा एलानले रातो कार्डको सामना गरेपछी एभर्टन १० खेलाडीमा सीमित भएको थियो। तर न्युक्यासल त्यसको फाइदा उठाउन सफल भएन।

जितसँगै एभर्टनले रेलिगेशन क्षेत्र बाहिर रहेको छ । उसको २७ खेलबाट २५ अंक रहदा १७औं स्थानमा छ । यता, न्युक्यासल २९ खेलबाट ३१ खेलसहित १४औं स्थानमा छ। जारी लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *