युएईविरुद्ध नेपाल बलिङ गर्दै

डिसी नेपाल
४ चैत २०७८ ११:५६
44
Shares

काठमाडौं।आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईसंग प्रतिस्पर्धा गर्दैछ।दुवई अन्र्तराष्ट्रिय क्रिकेट क्रिकेट मैदानमा भएको खेलमा युएईविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्दैछ । युएईले टस जितेर पहिले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङमा पठाएको हो ।

नेपालले आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको थियो भने युएईले पनि पपुवा न्यु गिनीलाई नै ७ विकेटले पराजित गरेको थियो।त्यसैले आज  दुबै टिम एक अर्कालाई पराजित गर्ने योजनामा रहेको छ ।

यूएई र नेपाल एसोसियट राष्ट्रका चिरपरिचित प्रतिद्वन्दी हो । नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियमा ४ पटक आमनेसामने भएका छन् । जसमा नेपाल र यूएई दुवैले समान २-२ पटक जित हात पारेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *