राजर्षि जनक कपः न्युरोड टिम (एनआरटी)३-० ले विजयी

डिसी नेपाल
४ चैत २०७८ २१:२५

सर्लाही । बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा न्यु रोड टिम (एनआरटी) काठमाडौंले केबीए ग्लोबल बीएफसी चितवनलाई ३–० गोलले पराजित गरेको छ ।

खेलको ६७औं मिनेटमा न्युरोड टिमले कृतिष चुन्चोको गोलबाट अग्रता कायम गर्‍यो । जर्सी नम्बर १९ का स्टेफेन समीरले डिबक्स भित्र दिएको बललाई चितवनका गोलकिपर प्रदीप भण्डारीलाई बिट गर्दै चुन्चोले प्रहार गरेको बल सहजै गोलमा परिणत भयो । चुन्चो गोलसँगै खेल १–० मा पुग्यो । खेलको ८६ औ मिनेटमा पुनः एनआरटीलाई अनगोल प्राप्त भयो ।

एनआरटीका क्रितिस चुन्चोले प्रहार गरेको बल चितवनका ३ नम्बर जर्सीका विवेक तामाङले जोगाउन खोज्दा आफ्नै गोलपोष्टको जाली चुम्न पुग्यो । त्यसैगरी ८९औं मिनेटमा एनआरटीका स्टेफेन समीरले अर्को गोल थप्दै टिमको जीत सुनिश्चित गरे । खेलको पहिलो हाफ सम्म निकै प्रतिस्पर्धात्मक बनेको प्रतियोगिताको केही समय बिएफसी चितवनले आफूलाई सम्हाल्न नसक्दा हार बेहोर्नु पर्‍यो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

ए डिभिजन लिग खेल्ने एनआरटी र मोफसलको चितवन टिमबीचको खेलमा दुवै टिमको तर्फबाट अफ्रिकन मूलका विदेशी खेलाडी समेत रहेकाले मध्यान्तरसम्म निकै प्रतिस्पर्धात्मक देखिएको थियो । मध्यान्तर पश्चात् भने एनआरटीका खेलाडी थप आक्रामक बनेका थिए । टिमका लागि पहिलो गोल गरेका एनआरटीका कृतिष चुन्चे खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए ।

जितसँगै एनआरटीले आयोजक बागमती युवा क्लबसँग चैत ८ गते सेमिफाइनल प्रवेशका लागि खेल्नु पर्नेछ । यस्तै शनिबारको खेलमा विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुन र नेपालको विभागीय एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने म्याच कमिस्नर दीपक लामाले बताए ।

प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् । जसमध्ये ध्रुबतारा स्पोर्टिङ क्लब झापा दमक हिमालयन शेर्पा क्लब काठमाडौंसँग, नव जन जागृति युवा क्लब सिमरा नेपाल पुलिस क्लबसँग र बीएफसी चितवन एनआरटीसँग पराजय व्यहोरेर प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि इयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए ।

प्रहरीका अनुसार फागुन २७ गते खाँदबारी नगरपालिका–८ की प्रमीला कम्मर सार्कीलाई प्रहरीको भेषमा आएका चार जनाले घरबाट करिब एक सय मिटर पर जंगलमा लगेर प्रमीलाको श्रीमान् रमेश कुमार तामाङलाई जिम्मा लगाएका थिए । प्रहरी प्रमुख सुवेदीका अनुसार पक्राउ परेका रमेशले श्रीमती प्रमीला सार्कीलाई अपहरण गर्न चार जना नक्कली प्रहरी परिचालन गरेको बताए ।

त्यसपछि रमेशले आफ्नी श्रीमतीको ज्यान मार्ने प्रयासले शारीरिक तथा मानसिक यातना दिएका थिए । प्रमीलाले भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । उजुरीका आधारमा प्रहरीले पाँचपन नगरपालिका–४ घर भई खाँदबारी नगरपालिका–९ बस्ने वर्ष ३० को अर्जुन तामाङ र पाँखपन नगरपालिका–४ का प्रमीलाको श्रीमान् वर्ष ३४ का रमेशलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका रमेशले श्रीमती प्रमीला सार्कीलाई अपहरण गर्न चार जना नक्कली प्रहरी परिचालन गरेको बताएका छन् । योजना बमोजिम रमेश सहित ४ जना फागुन २५ गते काठमाडौं बागबजारबाट नक्कली प्रहरीका पोसाकप्रति जोर प्रतिदिन पाँच सयका दरले भाडामा ल्याएका थिए । पक्राउ परेका रमेश र प्रमीलाबीच विगत ६ महिनादेखि मनमुटाब थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *