सुपा देउराली मन्दिरको नेतृत्वमा दलीय बाँडफाँट, काँग्रेस-एमालेले आधा-आधा कार्यकाल नेतृत्व गर्ने
अर्घाखाँची। अर्घाखाँची जिल्लामा रहेको सुपा देउराली मन्दिरको संचालक समितिमा नेपाली काँग्रेस र नेकपा एमालेले राजनीतिक बाँडफाँट गरेका छन्। केही दिन अघि सम्पन्न अधिवेशनमा डेढ डेढ वर्ष नेतृत्व गर्नेगरी बाँडफाँट मात्र गरेका छैनन् कार्य समितिमा समेत दुई दलले पदाधिकारीसहित सदस्य बाँडफाँट गरेका छन्।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाको सिमानामा रहेको मन्दिरमा सन्धिखर्क नगरपालिका वडा नं. ७ र शितगंगा नगरपालिकाको वडा नं. २ का स्थानीयवासीले नेतृत्व लिँदै आएका छन्।
एमालेका तर्फबाट फर्सबहादुर केसीले मन्दिर संचालक समितिको डेढ वर्ष नेतृत्व गर्ने बताइएको छ भने हाल काँग्रेसको तर्फबाट समिति सदस्य चयन भएका गणेश थापाले बाँकी डेढ वर्ष नेतृत्व गर्नेछन्।
समितिको नेतृत्व सहित उपाध्यक्ष, सचिव, सहसचिव र ५ सदस्य गरी ९ जनाले नेकपा एमालेबाट प्रतिनिधित्व गर्नेछन् भने कोषाध्यक्ष र ५ सदस्य सहित ६ जना नेपाली काँग्रेसको तर्फबाट समितिमा रहनेछन्।
पश्चिम नेपालकै गहनाको रुपमा विकास भई उत्कृष्ठ पर्यटकीय गन्तव्यको रुपमा विकास भइसकेको सुपा देउराली मन्दिरमा क्षमता र कार्यकुशलताको आधारमा भन्दा पनि राजनीतिक योग्यताको आधारमा नेतृत्व चयन गरिनुले धार्मिक धरोहरलाई कमजोर बनाउने चिन्ता यस क्षेत्रका धार्मिक व्यक्तिहरुको छ।
नवनिर्वाचित अध्यक्ष फर्सबहादुर केसी भने आफुहरु विधान अनुसार नै अगाडि बढेको दावी गर्छन्। आधा आधा कार्यकाल नेतृत्व गर्ने र दुई दलले पदाधिकारी तथा सदस्य बाँडेको बारेमा भने केसीले कुनै प्रतिक्रिया दिन चाहेनन्
No ads found for this position


डिसी नेपाल
Facebook Comment