नेपालगञ्जबाट रेडपाण्डाको छालासहित चार जना पक्राउ

डिसी नेपाल
७ चैत २०७८ ९:०३
60
Shares

राँझा। प्रहरीले बाँकेको नेपालगञ्जबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ। उनीहरुलाई  नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अञ्जना होटलबाट आइतबार पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक बोहरा र वडा नं ११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका–१ का सुकराम विक रहेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। होटलमा प्लाष्टिकको बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरीले दुई थान रेडपाण्डाको छालासमेत बरामद गरेको छ।

पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको रु पाँच लाखदेखि रु १० लाखसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने न्यौपानेले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *