संगीत घरको वार्षिकोत्सवमा पुरस्कार

डिसी नेपाल
७ चैत २०७८ ९:४३
52
Shares

काठमाडौं। ललितपुरमा रहेको सरु संगीत घरकाे प्रथम वार्षिकाेत्सव मनाइएकाे छ । हाँस्यकलाकार किरण केसीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो।

कार्यक्रममा ‘परफर्मेन्स अफ स्टुडेन्ट आर्टिस्ट’मा विजयी हुने सरु संगीत घरका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ। आर्या खनाललाई प्रथम, अनुस्किता पोखरेललाई द्वितिय, सुभम निरौलालाई तृतिय र प्रारुप प्रसाइँलाई सान्तवना पुरस्कार प्रदान गरिएको छ। विजयीले नगद तथा प्रमाणपत्र पाएका थिए।

सरु संगीत घरका निर्देशक तथा संगीतकार डेनी निरौलाले कोरोना महामारीमा भर्चुअल माध्यमबाट पढाइएका विद्यार्थीहरुको प्रगतिबाट आफू खुशी भएको बताए।

कार्यक्रममा विद्यार्थीहरुले २० वटा गायन तथा नृत्य प्रस्तुत भएका थिए। कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डिल्ली पोखरेल, डिएसपी फडिन्द्र प्रसाइँ तथा समाजसेवी श्याम थापाको उपस्थिति थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *