पपुवा न्युगिनीमाथि नेपालकाे सात विकेटको जित
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन(२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा पपुवा न्युगिनी (पीएनजी)माथि नेपाल विजयी भएको छ। मंगलबार यूएईमा भएको खेलमा नेपालले पीएनजीमाथि सात विकेट जितेको हो।
पीएनजीले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो। यसअघि पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो।
नेपालको जितमा आरिफ शेखले ५९ रनको अर्धशतकीय योगदान गरे भने रोहित पौडेलले ४४ बनाए। पीएनजीका चाल्र्स अमिनीले दुई र काबुआ मोरले एक विकेट लिए।
यसअघि नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई विकेट लिएका थिए। दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी र पवन सर्राफले नेपालका लागि समान एक–एक विकेट लिए।
नेपालले सिरिजको पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको थियो। दोस्रो खेलमा यूएईसँग ४८ र तेस्रो खेलमा यूएईसँगै ९९ रनले पाराजित भएको नेपालले मङ्गलबार चौंथो खेलमा सात विकेटको जित दर्ता गरेको हो।
लिग–२ अन्तर्गतको सिरिजका १२ खेल खेलेको नेपाल छैठौं स्थानमा छ । १२ अंक जोडेको नेपाल ६ खेलमा विजयी भएको छ भने ६ खेलमा पराजित भएको छ ।
३७ अंकसहित ओमान शीर्ष स्थानमा छ । यूएई, स्कटल्याण्ड, नामिबिया र अमेरिका तालिकाको क्रमश दोस्रो, तेस्रो, चौंथो र पाँचौ स्थानमा छन् । पिएनजी भने दुई अंकसहित तालिकाको पुछारमा छ







डिसी नेपाल







Facebook Comment